NU
Thu, 12 June 2025
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीका नागरिकले नागरिक अभिनन्दन गरेका छन्। बुधबार सर्लाहीको हरिवनमा उनलाई स्थानीय नागरिकले अभिनन्दन गरेका हुन्।
घिसिङलाई स्थानीय झाँकी, दोसल्ला र ताम्रपत्रसहित नागरिक अभिनन्दन गरिएको थियो। देशमा लोडसेडिङ अन्त्य गरी विद्युत् प्राधिकरणमा सुधार गर्न भूमिका खेलेको भन्दै उनको अभिनन्दन गरिएको हो । सरकारले गत मार्च महिनामा उनलाई प्राधिकरणबाट हटाएको थियो।
'लोडशेडिङमुक्त' नेपाल
करिब आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल 'लोडशेडिङमुक्त' घोषणा गरिएको थियो।
विसं २०७३ सालकै तिहारबाट सहरहरूमा 'लोडशेडिङ' सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिब डेढ दशकदेखि विद्युत् आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो।
विसं २०७८ साउनमा पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा नियुक्त भएका थिए ।
र उनीबीचको तनाव विगत केही समयदेखि सार्वजनिक रूपमै देखिँदै आएको थियो।
खास गरी उद्योगहरूमा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल नतिरेका कारण प्राधिकरणले त्यहाँको विद्युत् काट्ने र त्यसो गर्न नदिने ऊर्जा मन्त्री दीपक खड्का तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनको सार्वजनिक रुपमा देखिने गरी तनाव बढेको थियो।
कुनै बेला घाटामा रहेको आठ वर्षमा विद्युत् प्राधिकरण ८४ अर्ब रुपैयाँ नाफामा पुगेको र चुहावट समेत १४ प्रतिशतले घटेको सरकारी विवरणमा देखिन्छ। चुहावटमा एक प्रतिशत कम गर्दा वार्षिक १ अर्ब रुपैयाँ जोगिने बताइन्छ।
उनी नेतृत्वमा आएसँगै प्राधिकरणले विभिन्न जल विद्युत आयोजनाहरु निर्माण गर्न १ खर्ब रुपैयाँ लगानी गरेको बताइएको छ ।
विद्युत प्रधिकरणको नेतृत्वबाट बाहिरिए पछि आफ्नो भावी योजनाबारे घिसिङले केही बताएका छैनन्, यद्यपि उनी सक्रिय राजनीतिमा आउन सक्ने धेरैले अनुमान गरेका छन्।
(फोटो साभार: नयाँ पत्रिका दैनिक)