Aama Ghar

केही विज्ञहरू किन कम भात खानुपर्छ भन्दै छन्

Nepal UK

Nepal UK

Wed, 23 July 2025
केही विज्ञहरू किन कम भात खानुपर्छ भन्दै छन्

झन्डै चार अर्ब मानिसहरू दिनहुँ आफ्नो मुख्य खानाका रूपमा भात खान्छन्

चामल वा भात एक खाना मात्र होइन। विश्वका आधाभन्दा धेरै जनसङ्ख्याका लागि यो दैनिक जीवनको एक प्रमुख हिस्साका साथै संस्कृति, परम्परा र आर्थिक अस्तित्वको प्रतीक हो।

"हरेक फिलिपीनो परिकारका लागि चामल मुटुको धड्कनजस्तै हो। यो मुख्य मात्र नभईकन सांस्कृतिक आधारशिला हो," फिलिपिन्सको राजधानी मनिलाकी बीबीसी विश्व सेवाकी श्रोता एड्रिएन बियान्का भिलानुएभा भन्छिन्।

"धेरै फिलिपीनोहरू बिहान, दिउँसो र बेलुका गरी दैनिक तीन पटक भात खान्छन्। डिजर्टमा समेत। मेरो मन पर्ने परिकार सायद 'स्टिकी (टाँसिने) भात' हो किनकि हरेक फिलिपीनो डिजर्टमा स्टिकी भात मिसिएको हुन्छ," उनी भन्छिन्।

तर जलवायुसम्बन्धी दबाव बढ्दै गर्दा एउटा गम्भीर प्रश्न उठ्छ : के हामीले यो कम खानुपर्छ?

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वमा ५०,००० भन्दा धेरै खाद्य वनस्पति प्रजातिहरू रहे तापनि केवल १५ बालीहरू विश्वको ९० प्रतिशत खाद्य ऊर्जाका स्रोतका रूपमा छन्। धान, गहुँ र मकैले यसमा सबैभन्दा बढी योगदान दिन्छन्।

"विश्वको जनसङ्ख्याको ५० देखि ५६ प्रतिशत मानिस प्रमुख खाद्य सामग्रीका रूपमा धानचामलमा निर्भर छन्," अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (आईआरआरआई) का महानिर्देशक डा. इभान पिन्टो भन्छन्।

  • नेपालमा धानको उत्पादन बढ्दा पनि धानचामलको आयात वृद्धि, भारतमा देखिएका परिवर्तन हुन सक्छन् कारण
  • नेपालले गर्छ अर्बौँ रुपैयाँको खाद्यान्न आयात, अमेरिकी देशबाट पनि आउँछन् चामल र मकै

यसको अर्थ झन्डै चार अर्ब मानिसहरूले दिनहुँ आफ्नो प्राथमिक खानाको रूपमा भात खान्छन्।

दक्षिण र दक्षिणपूर्वी एशियाभरि व्यापक रूपमा धान खेती गरिन्छ। अफ्रिकामा यसको माग बढ्दो छ। युरोप र ल्याटिन अमेरिकामा समेत विभिन्न प्रकारका धानहरू पाइन्छन्।

तर विश्वभर आहारमा चामलको प्रभुत्वका कारण विश्वले यसको मूल्य पनि चुकाउँदै गएको छ।

"धान निकै पानी खाने वनस्पति हो," स्पेनको बहुराष्ट्रिय एब्रो फूड्सको स्वामित्वमा रहेको यूकेस्थित चामल कम्पनी टिल्डाका प्रबन्ध निर्देशक जीन-फिलिप लेबोर्डे भन्छन्। "प्रत्येक किलोग्राम चामलका लागि ३,००० देखि ५,००० लिटर पानी खपत भएको हुन्छ, जुन निकै धेरै हो।"

धेरैजसो धानखेती पानी भरिएको खेतमा गरिन्छ। खास गरी दक्षिण र दक्षिणपूर्वी एशियामा यस्तो प्रवृत्ति देखिन्छ। यस्तो विधिले बालीलाई सघाए तापनि कम अक्सिजन हुने वातावरण सिर्जना गर्छ, जसलाई 'एनरोबिक' अवस्था भनिन्छ।

"जब खेतमा पानी भरिन्छ... तब सूक्ष्म जीवहरू फैलिन्छन्, जसले ठूलो मात्रामा मिथेन उत्पादन गर्छन्," डा इभान पिन्टो भन्छन्।

  • कालीमार्सी धान, चामल जुम्ला: घरदैलोमै पुग्छन् ग्राहक
  • रोपाइँ: परम्परागत देखि आधुनिकतातर्फ

अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार मिथेन एक कडा हरितगृह ग्यास हो र यो विश्वव्यापी तापक्रम वृद्धिमा झन्डै ३० प्रतिशतले जिम्मेवार छ।

आईआरआरआईको अनुमानअनुसार चामल उत्पादनले विश्वव्यापी कृषि हरितगृह ग्यास उत्सर्जनमा १० प्रतिशत योगदान गर्छ।

टिल्डाले पालैपालो भिजाउने र सुकाउने (एडब्ल्यूडी) नामक पानी बचत गर्ने विधिको परीक्षण गरिरहेको छ।

यसमा जमिनमुनि १५ सेन्टिमिटरको पाइप राख्ने गरिन्छ। खेतमा निरन्तर पानी लगाउनुको साटो किसानहरू पाइपमा पानी नभएको बेला मात्र सिँचाइ गर्छन्।

"सामान्यत: धानको बोटको हुर्काइमा अवधिमा २५ वटा चक्रहरू हुन्छन्," लेबोर्डे भन्छन्। "एडब्ल्यूडी प्रविधि लागु गरेर तपाईँ त्यसलाई २० वटामा घटाउन सक्नुहुन्छ। त्यसैले पानी लगाउने पाँच [थप] चक्रहरू काटेर तपाईँ मिथेन उत्सर्जन कम गर्न सक्नुहुन्छ।"

  • मनसुन उत्कर्षमा पुग्दा पनि मधेश प्रदेश र पूर्वी तराईमा सुक्खा
  • चामलबारे ठट्टा गर्दा जापानी कृषिमन्त्रीले गुमाउनुपर्‍यो पद

सन् २०२४ मा टिल्डाले आफ्नो परीक्षण ५० जना किसानबाट १,२६८ किसानसम्ममा विस्तार गर्दा उल्लेखनीय नतिजा पाइयो।

"हामी पानी [उपयोग] २७ प्रतिशत, बिजुली २८ प्रतिशत र मल २५ प्रतिशतले घटाउन सक्छौँ," लेबोर्डे भन्छन्। उनले यसबीचमा उत्पादन ७ प्रतिशतले बढेको बताए।

"त्यसैले यो उच्च लागतमा कमाइ बढाउनु नभईकन कम लागतमा कमाइ बढाउनु हो," उनी भन्छन्।

लेबोर्डे मिथेन उत्सर्जनमा समेत ४५ प्रतिशतले गिरावट आएको कुरामा जोड दिन्छन्। अनि पानी लगाउने चक्रलाई अझ कम गर्दा त्यो ७० प्रतिशतसम्म घट्न सक्ने उनी ठान्छन्।

धानले अबौं मानिसहरूको पेट भर्न मद्दत गरेको छ। तर धेरै उत्पादन हुने 'आईआर८'जस्ता विशिष्ट प्रजातिहरूका कारण जलवायु परिवर्तनले अब यसको उत्पादनलाई खतरामा पारेको छ। धान उत्पादन गर्ने क्षेत्रहरूले तीव्र गर्मी, खडेरी, भारी वर्षा वा बाढीको मार खेपिरहेका छन्

भारतमा सन् २०२४ मा धान उत्पादन हुने याममा तापक्रम ५३ डिग्री सेल्सिअस पुगेको थियो। बाङ्ग्लादेशमा बारम्बार र ठूला बाढीले बालीलाई क्षति पुर्‍याइरहेको छ।

आईआरआरआई यसको समाधान खोज्ने क्रममा १,३२,००० धानका प्रजातिहरूको विशाल जीन ब्याङ्क बनाउँदै छ। यसमा एउटा प्रमुख सफलता भनेको धानका बोटलाई २१ दिनसम्म पानीमुनि बाँच्न सक्ने जीन हो।

"यी प्रजातिहरू पानी भरिएको अवस्थामा त्यो कम नहुँदासम्म उत्पादनलाई असर नगरी लामो समयसम्म टिक्न सक्छन्," बाङ्ग्लादेशका पानी भरिएका खेतहरूमा बढ्दो रूपमा लोकप्रिय रहेको विधिबारे पिन्टो बताउँछन्।

"यी प्रजातिहरू पानी भरिएको अवस्थामा त्यो कम नहुँदासम्म उत्पादनलाई असर नगरी लामो समयसम्म टिक्न सक्छन्," बाङ्ग्लादेशका पानी भरिएका खेतहरूमा बढ्दो रूपमा लोकप्रिय रहेको विधिबारे पिन्टो बताउँछन्

धानले अबौं मानिसहरूको पेट भर्न मद्दत गरेको छ। तर धेरै उत्पादन हुने 'आईआर८'जस्ता विशिष्ट प्रजातिहरूका कारण जलवायु परिवर्तनले अब यसको उत्पादनलाई खतरामा पारेको छ। धान उत्पादन गर्ने क्षेत्रहरूले तीव्र गर्मी, खडेरी, भारी वर्षा वा बाढीको मार खेपिरहेका छन्

भारतमा सन् २०२४ मा धान उत्पादन हुने याममा तापक्रम ५३ डिग्री सेल्सिअस पुगेको थियो। बाङ्ग्लादेशमा बारम्बार र ठूला बाढीले बालीलाई क्षति पुर्‍याइरहेको छ।

आईआरआरआई यसको समाधान खोज्ने क्रममा १,३२,००० धानका प्रजातिहरूको विशाल जीन ब्याङ्क बनाउँदै छ। यसमा एउटा प्रमुख सफलता भनेको धानका बोटलाई २१ दिनसम्म पानीमुनि बाँच्न सक्ने जीन हो।

"यी प्रजातिहरू पानी भरिएको अवस्थामा त्यो कम नहुँदासम्म उत्पादनलाई असर नगरी लामो समयसम्म टिक्न सक्छन्," बाङ्ग्लादेशका पानी भरिएका खेतहरूमा बढ्दो रूपमा लोकप्रिय रहेको विधिबारे पिन्टो बताउँछन्।

केही सरकारहरूले आफ्ना नागरिकलाई चामलबाट टाढिँदै जान प्रोत्साहन गर्ने प्रयास गरिरहेका छन्।

बाङ्ग्लादेशमा १५ वर्षअघिको एक अभियानले चामलको मूल्य बढ्दै जाँदा आलुलाई विकल्पको रूपमा प्रवर्द्धन गर्ने प्रयास गरेको थियो।

"हामीलाई आलु मनपर्छ... तर भातको साटो आलुबाट बनेको खाना पूर्ण रूपमा अकल्पनीय थियो," ढाकाका बासिन्दा शरीफ शाबिर सम्झन्छन्।

सन् २०१५ मा चीनले आलुलाई पौष्टिक 'सूपरफूड'को रूपमा प्रवर्द्धन गर्ने यस्तै पहल सुरु गरेको थियो।

सन् १९९० को दशकमा चीन आलुको अग्रणी उत्पादक बनेको थियो र उक्त देशका कैयौँ भागमा मानिसहरूले आलुलाई मुख्य खानाको रूपमा खान्थे। तैपनि उक्त अभियान असफल भयो।

दक्षिण-पश्चिम र उत्तर-पश्चिम चीनमा कहिलेकाहीँ आलु मुख्य खानाको रूपमा खाइने लन्डनको एसओएएस विश्वविद्यालयका मानवशास्त्री ज्याकोब क्लेन भन्छन्।

तर उनी धेरै क्षेत्रहरूमा आलु गरिबीसँग जोडेर हेरिने बताउँछन्।

"चीनको दक्षिण-पश्चिमका मानिसहरूले मलाई सुनाएअनुसार उनीहरू आलु खाएर हुर्केका हुन्। त्यो 'म गरिबीमा हुर्केको' भन्ने तरिका हो। आलु खानुसँग एउटा नराम्रो अवस्था जोडिएको छ," उनी भन्छन्।  (बीबीसी)