Aama Ghar

जेनजी आन्दोलनमा भागेका कैदीले गरे फाइनान्स कम्पनीमा चोरी, १० लाख नगदसहित पक्राउ

Nepal UK

Nepal UK

Sun, 14 December 2025
जेनजी  आन्दोलनमा भागेका कैदीले गरे फाइनान्स कम्पनीमा चोरी, १० लाख नगदसहित पक्राउ

काठमाडौं – राज श्री फाइनान्सबाट चोरीको १० लाख २३ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भई काठमाडौंको ठमेल बस्ने  २८ वर्षीय दीपक गजुरेल रहेका छन्।  

जिल्ला प्रहरी परिसर, काठमाडौंले गजुरेललाई काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित राज श्री फाइनान्सबाट चोरी गरेको नगदसहित पक्राउ गरेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गजुरेलविरुद्ध यसअघि पनि सहकारी चोरी, चोरी, लागू औषध तथा अभद्र व्यवहारसम्बन्धी गरी २२ वटा मुद्दा दर्ता भइसकेका छन् । 

साथै, उनी भाद्र २३ र २४ गते केन्द्रीय कारागार जगन्नाथ देवलबाट अदालत लैजाने क्रममा भागी फरार भएका व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ। उनको साथबाट १० हजार नगद, खैरो रङको ब्याग १ थान चोरीमा प्रयोग गरिएको हरियो रङको हुडी १ थान, १ जोडी पन्जा, चाँदीजस्तो देखिने पायल २ थान, क्यामेरा  १ थान र नागरिकता, विभिन्न कागजात तथा बैंकका चेकहरू बरामद गरिएको प्रहरीले बताएको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।