Nepal UK
दानबहादुर बुढा
मुगु । जुम्ला कारागारबाट पफ्रार तीनजना कैदीहरु पर्फ्किएका छन् ।
कारागारबाट पफ्रार भएका ३६ जना कैदी मध्ये तीनजना पर्फ्किएका हुन् । उनीहरूले कैद कटान गर्ने समय निकै कम भएकाले पर्फ्किएको बताएका छन् ।
हिक्मत गिरी, भीमप्रसाद कठायत र डिल्ली कार्की अहिले प्रहरी नियन्त्रणमा आइसकेका छन् ।
मंगलबार राति चन्दननाथ नगरपालिका–६ मा अवस्थित जुम्ला कारागारबाट ४१ जना भाग्न खोजे पनि तत्कालै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो भने ३६ जना कैदीबन्दी भागेका थिए ।
नेपाली सेनाको टोली तत्कालै कारागार पुगेर भागिरहेका कैदीलाई पत्रफ्रे जेल प्रशासनलाई बुभफएको थियो । स्थिति नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना हुन सकेन । अहिले तीनजना पर्फ्किए पनि ३३ जना अभफ् ैपफ्रार छन् ।
जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार कारागारमा कुल ९८ जना कैदी थिए। हाल ६६ मात्र रहेका छन् । पफ्रारहरूको खोजी जारी छ ।
यता नेपाली सेनाले जुम्लामा आपराधिक गतिविधि नगर्न माइकिङ गर्दै आएको छ । यदि त्यस्ता गतिविधि गनरेको पाए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
देविदत्त गण जुम्लाका गणपति सेनानी धीरज थापाका अनुसार नेपाली सेनाको नेतृत्वमा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायले संयुत्तफ् रूपमा प्रभावकारी तरिकाले पेट्रोलिङ र सुरक्षा व्यवस्था गरिरहेको छ ।
जुम्लामा भएको आन्दोलनका कारण चन्दननाथ नगरपालिकाको कार्यालय र प्रमुख पार्टी कार्यालयहरूमा तोडपफेड तथा आगजनी गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेमकिपा र राप्रपाको कार्यालयमा तोडपफेड भए पनि ठूलो क्षति हुन नसकेको बताइएको छ ।
आन्दोलनकारीलाई रोक्ने त्रफ्ममा एक प्रहरी जवान र एक नगरप्रहरी घाइते भए पनि सुरक्षा पफैजले संयमता अपनाएकाले ठूलो भफ्डप वा मानवीय क्षति भएको छैन। आन्दोलनकारीले नगरपालिकाभित्र पार्किङमा राखिएका दमकल, एम्बुलेन्स र शववाहनमा तोडपफेड गरेका छन्। साथै दुई वटा गाडी र दर्जन बढी मोटरसाइकल क्षतिग्रस्त भएका छन्। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथोकीका अनुसार विभिन्न भवनमा आगजनी हुँदा आगो पफ्लैिएर बस्ती नै सखाप हुनसक्ने जोखिम थियो। तर सुरक्षा पफैजले समयमा नै नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाएको हो।
सुरक्षा निकायले २४ घण्टा पेट्रोलिङ र कारबाहीलाई कडाइका साथ सञ्चालन गरिरहेको छ। जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यु र निषेधाज्ञा सम्बन्धी निर्णय जिल्ला सुरक्षा समितिले गर्ने बताइएको छ।
भागेका कैदीको खोजी जारी छ। सुरक्षाकर्मीले स्थानीयलाई कुनै जानकारी भए तत्काल सूचित गर्न आग्रह गरेका छन्। शान्ति सुरक्षा कायम राख्न सरोकारवाला निकाय, पत्रकार र स्थानीय जनताको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।