Aama Ghar

जि.एम. समाज र ढुंगेदेउराली क्लब फाइनलमा

Nepal UK

Nepal UK

Tue, 26 August 2025
जि.एम. समाज र ढुंगेदेउराली क्लब फाइनलमा

काठमाडौं । खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा रोचक नतिजा निकाल्दै जि.एम. समाज र ढुंगेदेउराली क्लब फाइनलमा पुगेका छन्।

खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा कावासोतीको जि.एम. समाजले आयोजक नव आदर्श सामुदायिक विकास समाजलाई सोझो सेटमा (३–०) पराजित गर्दै फाइनल स्थान पक्का ग¥यो। घरेलु दर्शकको चर्को हुटिङबीच जि.एम. समाजले खेललाई २५–१३, २५–२० र २५–२० को सहज सेटमा जित्यो।

यस खेलमा विश्वास अधिकारी म्यान अफ दि म्याच घोषित भए।

त्यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जाको ढुंगेदेउराली क्लबले विभागीय एपीएफलाई पनि सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।

फाइनल खेल आज दिउँसो १ बजे हुनेछ भने त्यसअघि बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनलमा टप्स र शान्ता मावि भिड्नेछन्।

महोत्सवको समापन मंगलबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा हुनेछ।