Aama Ghar

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, चार जनाविरुद्ध मुद्दा दायर

Nepal UK

Nepal UK

Thu, 11 December 2025
हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – हुँदै नभएको घर छ भनी नक्सा तयार गरी ऋण लिएर अनियमितता गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ३३ लाख बढी ऋण लिएकाे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीसहित सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेज बहादुर सुनार र बेलडाँडी गाउँपालिका–२ का स्थानीय शान्ति नाथविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कर्मचारीसँगको मिलोमतोमा नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७, क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा हुँदै नभएको घर, कोठा धितोमा राखेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको आयाेगले जनाएकाे छ।