Aama Ghar

९५ हजार नक्कली नोट सहित एकजना पक्राउ

Nepal UK

Nepal UK

Thu, 11 December 2025
९५ हजार नक्कली नोट सहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाही जिल्लाको विष्णु गाउँपालिका–६ बाट ९५ हजार नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन्। प्रहरीले बुधबार बेलुकी उनको साथबाट १ हजार दरका ९५ थान नक्कली नोट फेला पारेको हो।

अनटेस्ट लेखिएको मोटरसाइकलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा नोट सहित पक्राउ गरेको हो।