Aama Ghar

गण्डकी प्रदेशमा एक महिनामा १०७ आर्थिक अपराधका उजुरी, २४९ प्रतिवादी पक्राउ

Nepal UK

Nepal UK

Sat, 20 December 2025
गण्डकी प्रदेशमा एक महिनामा १०७ आर्थिक अपराधका उजुरी, २४९ प्रतिवादी पक्राउ

काठमाडौं – गण्डकी प्रदेश प्रहरी कार्यालयमा मंसिर महिनाभरमा आर्थिक अपराधका १०७ वटा उजुरी दर्ता भएका छन्। प्रहरीका अनुसार सो अवधिमा कार्यालयमा कुल ३७४ वटा उजुरी दर्ता भएका थिए, जसको झन्डै आधा हिस्सा आर्थिक अपराधसँग सम्बन्धित रहेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर महिनामा विभिन्न मुद्दामा संलग्न २४९ जना प्रतिवादी पक्राउ परेका छन्। साथै, लामो समयदेखि फरार रहेका ७० जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ।

पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतबाट तोकिएको कुल कैद अवधि ७८ वर्ष २ महिना १२ दिन रहेको छ। यस्तै, उनीहरूबाट असुल गर्नुपर्ने जरिवाना रकम ६६ लाख १७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।