Aama Ghar

गलत उद्देश्यका लागि विवरण हेरफेर गरेको आरोपमा विभागका कर्मचारी पक्राउ

Nepal UK

Nepal UK

Sun, 14 December 2025
गलत उद्देश्यका लागि विवरण हेरफेर गरेको आरोपमा विभागका कर्मचारी पक्राउ

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ।

दर्ता अपरेटरका रूपमा कार्यरत २८ वर्षका सुनित प्रभाग रेग्मीलाई सिआइबीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार उनले गलत उद्देश्यका लागि राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरेको पुष्टि भएको छ।

यसै सम्बन्धमा ललितपुरका आशिषबाबु कुमाललाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्ध राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअनुसार अदालतले म्याद थप गरेको जनाएको छ।