Aama Ghar

'गएको पांच वर्षमा २ करोडभन्दा बढी बालबालिका बाल श्रमबाट मुक्त'

NU

NU

Thu, 12 June 2025
'गएको पांच वर्षमा २ करोडभन्दा बढी बालबालिका बाल श्रमबाट मुक्त'

लन्डन - सन् २०२० यता २ करोड २० लाख बालबालिका बाल श्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बाल श्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको राष्ट्र संघीय निकायहरुले जनाएका छन्।
विश्व बाल श्रम विरोधी दिवस (जुन १२) को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको ‘बाल श्रम : विश्वव्यापी अनुमान २०२४, प्रवृत्तिहरू र भावी बाटो’ नामक प्रतिवेदनमा त्यस्तो जनाइएको हो।  
यद्यपि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बाल श्रममा संलग्न रहेको जनाएका छन् । जसमध्ये ५ करोड ४० लाखभन्दा बढी बालबालिका स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पार्ने जोखिमयुक्त काममा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी बालश्रम कृषि क्षेत्रमा
प्रतिवेदनका अनुसार बाल श्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको छ। त्यसपछि सेवा क्षेत्र (२७ प्रतिशत) र उद्योग (१३ प्रतिशत) मा बालबालिका कार्यरत देखिन्छन् । सबैभन्दा ठूलो प्रगति एसिया र प्रशान्त क्षेत्रमा देखिएको छ, जहाँ सन् २०२० मा ४ करोड ९० लाख बाल श्रमिक थिए भने हाल २ करोड ८० लाखमा झरेका छन् । ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पनि ११ प्रतिशतले कुल संख्या घटेको छ। तर, उप-सहारा अफ्रिका अझै सबैभन्दा बढी प्रभावित देखिन्छ। त्यहाँ झन्डै ८ करोड ७० लाख बालबालिका बाल श्रममा संलग्न छन् । जनसंख्या वृद्धिका कारण कुल संख्या स्थिर रहेको छ ।
प्रतिवेदनले केही उपलब्धि भए पनि बालबालिकाको अधिकार अझै गुमिरहेको यथार्थ उजागर गरेको छ । ‘बालबालिकाको स्थान विद्यालय हो, श्रम होइन । अभिभावकलाई मर्यादित रोजगार बिना बाल श्रम अन्त्य गर्न सकिँदैन,’ आईएलओका महानिर्देशक गिल्बर्ट एफ. हाउंग्बोले भने।
यो लिंकमा गएर प्रतिवेदनको निष्कर्ष पढ्न सकिन्छ :


https://www.ilo.org/sites/default/files/2025-06/2024%20Global%20Estimates%20of%20Child%20Labour%20Executive%20Summary%20ENGLISH%20EMBARGOED.pdf