Aama Ghar

एसबीआई बैंक लुटेर भाग्दै गर्दा चार जना जंगलबाट प्रहरीको फन्दामा

Nepal UK

Nepal UK

Wed, 14 January 2026
एसबीआई बैंक लुटेर भाग्दै गर्दा चार जना जंगलबाट प्रहरीको फन्दामा

काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका– २ बस्तीपुर हायुटारको एसबीआई बैंकको शाखा लुट्ने थप चार जना पक्राउ परेका छन् । बैंक लुटेर जंगल तर्फ भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको सिन्धुलीका एसपी लालध्वज सुवेदी बताउँछन् । उनकाअनुसार उनीहरुलाई जंगलबाट पक्राउ गरी प्रहरी कार्यालयमा ल्याउन लागिएको छ ।

बैंक लुटपाटका क्रममा प्रयोग भएको टाढा सुमो जीप र चालक भवत सिंह थापा लाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका पवक्ता सुर्य प्रकाश सुबेदी बताउँछन् । उनकाअनुसार पाँच छ जनाको समूहले बैंकमा लुटपाट गर्दा बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी समेत प्रहार गरी सामान्य घाइते बनाएर बैंकका अन्य कर्मचारीलाई समेत नियन्त्रणमा लिएर लुटपाट गरेको पाइएको छ । लुटेराहरुले  बैंकमा रहेको करिब ३ करोड १० लाख ९५ हजार २८३ लुटेको प्रहरीले बताएको छ ।

बैंकमा यत्तिको घटना घटाएर भागेका अपराधीहरूलाई प्रहरी टोलीले खोतलास गर्दै जाँदा १ करोड ८० लाख १० हजार ५ सय फेलापरि बरामद गरिएको  कार्कीले बताए । लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बीएडी ०३९८ नम्बरको टाढा सुमो जीप र सोही सुमो चालक थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।