Aama Ghar

एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित

Nepal UK

Nepal UK

Sat, 22 November 2025
एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित


काठमाडौँ -दोस्रो नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७।१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमाडौँ निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । 
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमाडौँले ब्याटिङको निम्तो पाएको हो । खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाडौँले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौँले त्यसपछिका दुवै खेल हारेको छ ।