Aama Ghar

डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते

Nepal UK

Nepal UK

Thu, 11 December 2025
डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा आज बिहान भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट तल खोलामा खस्दा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ३ बजे दुर्घटना भएको हो। बसमा ३८ जना सवार रहेका थिए। दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल लगिएको छ।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बस चालकका प्रारम्भिक बयानअनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई पुलबाट तल खसेको बताइएको छ।