Aama Ghar

बिर्चेट रोडमा सडक सुधार कार्य तीव्र, गत महिनाको दुर्घटनापछि काउन्सिलको ध्यान

Nepal UK

Nepal UK

Wed, 03 December 2025
बिर्चेट रोडमा सडक सुधार कार्य तीव्र, गत महिनाको दुर्घटनापछि काउन्सिलको ध्यान

 

बेलायत- अल्डरसटकाे बिर्चेट रोडमा अहिले तीव्र गतिमा सडक सुधारको काम भइरहेको छ। स्थानीय बासिन्दाले निरन्तर उठाउँदै आएको सडक सुरक्षाको चिन्तालाई मध्यनजर गर्दै काउन्सिलले यस क्षेत्रको पुनःसडक निर्माण, सतह मर्मत तथा पानी चुहावट नियन्त्रणका काम अघि बढाएको हो।

गत महिनामै यही सडकखण्डमा एक दुर्घटना भएका कारण स्थानीयस्तरमा सडक सुरक्षा सम्बन्धी माग अझै बढेको थियो। 

स्थानीयलाई खाल्डाखुल्डी, पानी चुहावट, सतह असमानता लगायत समस्या देखिएमा तुरुन्तै काउन्सिललाई रिपोर्ट गर्न अनुरोध गरिएको छ। साथै, समस्या प्रत्यक्ष रूपमा नउठाउन सक्नेले प्रतिनिधिलाई सन्देश पठाएमा काउन्सिलमा विषय उठाइदिने प्रतिबद्धता जनाइएको छ।