Nepal UK
बेलायत – बेलायतमा उच्च शिक्षा ग्रहण गर्न आएका नेपाली विद्यार्थीहरू पछिल्लो समयमा बढ्दो रूपमा विभिन्न ठगीका घटनाहरूको शिकार बन्दै गएका छन्।
विशेष गरी फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू तथा अनलाइन प्लेटफर्महरूमार्फत हुने यी ठगीहरूले विद्यार्थीहरूलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि गहिरो असर पारिरहेको छ ।
ठगहरूले अनलाइन प्लेटफर्महरूमा काम उपलब्ध छ वा सस्तो कोठा जस्ता आकर्षक प्रस्तावहरू राखेर सम्पर्क गर्छन्। । त्यसपछि विभिन्न नाममा पैसा मागिन्छ र पैसा पठाएपछि सम्बन्धित व्यक्ति सम्पर्कविहीन हुने गरेका घटनाहरू बढ्दै गएका छन्। । यसबाहेक, नेपाली नै भएको विश्वासमा कोठा भाडामा लिएपछि डिपोजिट फिर्ता नगर्ने घटनाहरू पनि धेरै बढेका छन्। ।
काम मिलाई दिने नाममा ठगी
अनलाइन ग्रुपहरू वा पेजहरूमा तुरुन्त काम उपलब्ध छू पार्टटाइम जबमा राम्रो तलब वा स्टुडेन्ट फ्रेन्डली जब जस्ता विज्ञापनहरू पोस्ट गरिन्छ । विद्यार्थीहरूले सम्पर्क गर्दा ठगहरूले 'एप्लिकेसन फीू', ट्रेनिङ फीू वा डिपोजिटको नाममा केही सय पाउन्डदेखि हजारौं पाउन्डसम्म माग्छन्। पैसा ट्रान्सफर गरेपछि उनीहरूले फोन नम्बर ब्लक गर्छन् वा सम्पर्क विहिन हन्छन ।
बसोबाससँग सम्बन्धित ठगी
बेलायतमा कोठा वा फ्ल्याट खोज्नु नयाँ विद्यार्थीहरूका लागि ठूलो चुनौती हुन्छ । सस्तो कोठा उपलब्ध छ भन्दै पोस्टहरू राख्छन्। सम्पर्क गरेपछि केही रकम मागेर केहि समय पछि सम्पर्क विहिन हुने गर्छन । पैसा पठाएपछि कोठाको ठेगाना दिन्छु भन्दै ढिलाइ गर्छन् र अन्ततः सम्पर्कविहीन हुन्छन्। । यसबाहेक, कोठा भाडामा लिएपछि नेपाली नै भएको विश्वासमा डिपोजिट फिर्ता नगर्ने घटनाहरू पनि बढेका छन्।
मानसिक स्वास्थ्यमा असर
यी घटनाहरूको असर आर्थिकभन्दा बढी मानसिक हुन्छ । विद्यार्थीहरूले घरपरिवारलाई यस्ता कुरा बताउन हिच्किचाउँछन्, जसले उनीहरूलाई एक्लो महसुस गराउँछ । पढाइमा ध्यान दिन नसक्ने, राति निद्रा नलाग्ने, तनाव बढ्ने र डिप्रेसनको शिकार हुने समस्या बढेको छ। अन्तरराष्ट्रिय विद्यार्थीहरूमा मानसिक स्वास्थ्य समस्या ३० प्रतिशतले बढेको छ, जसमा ठगी एक मुख्य कारण हो।
यस्ता ठगीका घटना बढ्नुका मुख्य कारणहरूमा नयाँ विद्यार्थीहरूमा अनुभवको अभाव भएर पनि हो। बेलायतमा नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो पाँच वर्षमा दोब्बर भएको छ । धेरै विद्यार्थीहरूले सजगता अपनाउने वा कुनै पनि कारोबार गर्दा ध्यान दिएमा ठगीका धेरैजसो घटनाबाट जोगिन सकिन्छ । लन्डनस्थित नेपाली दूतावासले विद्यार्थीहरुलाई ठगीका यस्ता घटनाबारे सचेत रहन र कुनै समस्या आइपरे तत्काल ब्रिटिश प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेको छ।