Nepal UK
बेलायत- बेलायतको मुद्रास्फीति दर मार्चयता पहिलो पटक ३.६% मा झरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अक्टोबरसम्मको वर्षमा बेलायतको मुद्रास्फीति दर ३.६% मा झरेको छ।
यो मार्चयता पहिलो गिरावट हो, र जुन महिनासम्मको वर्षमा यो दर पनि ३.६% नै थियो । त्यसपछि यो सबैभन्दा कम दर हो। तर यो बैंक अफ इङ्गल्याण्डको २५ लक्ष्यभन्दा धेरै माथि नै छ। तर मुद्रास्फीतिको दर घटेको भए पनि, मूल्यहरू अझै बढिरहेका छन्।