Aama Ghar

ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

Nepal UK

Nepal UK

Sun, 23 November 2025
ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित


प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्‍यो ।
भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् ।

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।
 नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो ।
त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो ।