Nepal UK
काठमाडौं – वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको टोखा बस्ने ५० वर्षीय ज्ञानराज सुवेदी रहेका छन्।
उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले बुल्गेरिया पठाइदिन्छु भनेर १ जनाबाट ८ लाख ठगी गरेका थिए।
उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।