Aama Ghar

बैंकिङ्ग कसुर मुद्दामा ४४ लाख ६३ हजार जरिवाना तोकिएका दुई प्रतिवादी पक्राउ

Nepal UK

Nepal UK

Thu, 08 January 2026
बैंकिङ्ग कसुर मुद्दामा ४४ लाख ६३ हजार जरिवाना तोकिएका दुई प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ्ग  कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने मध्येमा दर्नालमाथि बैंकिङ्ग कसुर मुद्दामा १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

साथै, केसीमाथि चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौँडामा बुझाइएको प्रहरीले जनाएको छ।