Aama Ghar

भवनर संरचनाक्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु

Nepal UK

Nepal UK

Thu, 25 September 2025
भवनर संरचनाक्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु

काठमाडौं । भाद्र २४ गतेजेनजीआन्दोलनकाक्रममाकाठमाडौंमा विभिन्न सरकारी तथानिजीनिकायका संरचनाएवमसम्पत्तिमाठूलो क्षति पु¥याएको छ।

आन्दोलनकारीले सडकमाउग्र प्रदर्शन गर्दै भवन, सवारीसाधन र कार्यालयका उपकरणमाव्यापकतोडफोड गरेका थिए। यस क्रममाउद्योगविभागको भवनसमेत तोडफोडमा परेको छ।

आन्दोलनकाक्रममा केहीव्यक्तिहरूले विभागको कार्यालयमाप्रवेश गरी यातायातका साधन, कम्प्युटर, फर्निचरलगायतभौतिक संरचनामाक्षति पु¥याएको पाइएको छ ।

उद्योगविभागकार्यालयकानिर्देशकपशुपति पुरीकाअनुसार आन्दोलनपछिकार्यालयमाठूलो मात्रामाक्षतिभएपनि सेवामाभने पूर्णरुपमाअवरोध हुनदिइएको छैन्।

उनले आन्दोलनको दुई दिनपछिविभागले आफ्नो सेवा सुचारु गरिसकेको जानकारी दिए। ‘बाहिरबाट हेर्दा क्षति धेरै भएको देखिन्छ, तर हाम्रो प्राथमिकतानागरिकलाई सेवादिनु हो,’उनले भने,‘त्यसैले भौतिकक्षतिभएपनिकाम रोकिएको छैन ।’

पुरीकाअनुसार अहिले विभागले क्षतिको विवरण संकलन गरी मूल्यांकनको चरणमाल्याएको छ। आन्दोलनकारीले भवनबाहिर मात्रनभई कार्यालयभित्रप्रवेश गरेर कम्प्युटर र महत्वपूर्ण फाइलसमेत तोडफोड गरेको विभागले जनाएको छ।

‘भौतिक संरचनापुनर्निर्माणतत्काल सम्भव छैन,’ पुरीले भने,‘तर सेवामाअवरोध हुनदिने छैनौं। पुनर्निर्माणको सवालमा सरकारले छिट्टै ठोस निर्णय लिने अपेक्षा गरेका छौं।’

उनले आन्दोलनको स्वरुपबारे मिश्रित धारणा राखेका छन्। सुरुवातमा केहीनियम सुधारका मागसहितआन्दोलन सुरु भएपनिपछियसमाअन्य समूहघुसपैठ गरी लुटपाट र तोडफोड गरेको देखिएको बताए।

‘शान्तिपूर्ण सुधारका लागिआन्दोलन हुनु सकारात्मकहो, तर यतिउग्ररुप लिने अवस्था जेनजीहरूले मात्रबनाउन सक्दैनन्, अरु समूहपनि संलग्नभएको देखिन्छ,’उनले भने ।

यसैबीच, विभागले सेवामा निरन्तरतादिइरहेको छ ।। कार्यालय बाहिर क्षतिग्रस्त दृश्य भएपनिभित्रभने सामान्यकामकाज सञ्चालनभइरहेका छन्। उद्योगविभागले हालकालागिप्राथमिकता सेवा सुचारु राख्ने, क्षतिविवरण संकलन गर्ने र दीर्घकालीन रुपमापुनर्निर्माणतर्फ सरकारलेध्यानदिने बताए ।