Aama Ghar

भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित

Nepal UK

Nepal UK

Fri, 02 January 2026
भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । 

उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।