Aama Ghar

बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

Nepal UK

Nepal UK

Fri, 07 November 2025
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

रौतहट । भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते ६ः०० बजेदेखि २५ गते ६ः०० बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।

भारतको बिहार राज्य सितामढी तथा पूर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पूर्णः रुपमा बन्द हुनेछ । 

नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिन लागेको उनले बताए ।

सीमा क्षेत्रको सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर  सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।