Aama Ghar

भक्तपुरबाट सुनचाँदीका गरगहनासहित १० जना पक्राउ

Nepal UK

Nepal UK

Sun, 14 December 2025
भक्तपुरबाट सुनचाँदीका गरगहनासहित १० जना पक्राउ

काठमाडौं – भक्तपुरका विभिन्न स्थानमा चोरी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुरको मध्यपुरठिमी नगरपालिका –१ मनोहरा फाँट स्थित गंगा बस्नेतको डेराकोठामा चोरी गर्ने क्रममा १० जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा आशिष केसी, सरोज भुजेल, दिपक गहतराज, विशाल विश्वकर्मा, सरस्वती पुरी, सरोज राई, सुजन दाहाल, सुब्रत मेतिया सुमन दर्नाल र सुवाश विश्वकर्मा रहेका छन्। 

पक्राउ परेका मध्ये विशाल विश्वकर्माको साथबाट तौल ०.८०४ तोलाको गालिएको सुनको ढिक्का १ थान,  दिपक गहतराजको साथबाट ०.८०३३ तोलाको गालिएको सुनको ढिक्का १ थान  र  सरस्वती पुरीको डेराकोठाबाट २९ लालको सुनको तिलहरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै, प्रहरीका अनुसार सरोज राईको कोठाबाट कालो प्लाष्टिक जस्तोमा सुनको पाँचओटा धातु जडित ०.७४१ तोलाको बाला १ थान, ६.१७७ तोलाको चाँदीको पाउजु १ जोर, २.०३२ तोलाको चाँदीको सादा कल्ली १ जोर र १.९५३ तोलाको चाँदीको बटारेको कल्ली १ जोर बरामद गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।