Aama Ghar

अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र

Nepal UK

Nepal UK

Sat, 06 December 2025
अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र

च्याटजिपीटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसी बीच सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।

ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै कम्पनीबीच एआई क्याम्पस तथा जिपियु ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार यी कम्पनीहरूले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई पूर्वाधारको योजना, विकास तथा सञ्चालनमा सहकार्य गर्नेछन् । सम्झौताको प्रभाव बजारमा पनि देखिएको छ – नेक्स्टडीसीको सेयर दिउँसोको कारोबारमा ४.१ प्रतिशतले उकालो लागेको छ ।

अस्ट्रेलियाली सरकारले सात अर्ब अस्ट्रेलियन डलर झन्डै ४अर्ब ६० करोड अमेरिकी डलर बराबरको यो परियोजनाले निर्माण, प्रविधि, इन्जिनियरिङ तथा परिचालन क्षेत्र मिलाएर हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ । सरकारका अनुसार यो विशाल केन्द्रले नयाँ नवीकरणीय उर्जा स्रोत प्रयोग गर्नेछ र पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने ‘नेक्स्ट जेनेरेसन’ सुविधा निर्माण गरिनेछ ।