Nepal UK
फोटो : गोरखापत्र
काठमाडौँ - आम निर्वाचनका लागि तीन महिना भन्दा पनि कम समय बाँकी रहंदा अन्तरिम सरकारकी प्रधानमंत्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा चार जना मंत्री थपेकी छन्।
चौथो पटक गरिएको मन्त्रिपरिषद् विस्तारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा अधिवक्ता कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्रीमा कर्णालीका विकास विद् माधवप्रसाद चौलागाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री मा नेपाल पर्यटन बोर्ड की पूर्व वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठलाई नियुक्त गरिएको छ।
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा चारै जना नवनियुक्त मंत्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पछिल्लो विस्तार संगै कार्की मन्त्रि परिषद १४ सदस्यीय बनेको छ। अन्तरिम सरकारकी प्रभावशाली मंत्री कुलमान घिसिङ लगायत केही मंत्रीले छिट्टै राजीनामा दिएर चुनाव लड्न जाने बताएका ले पनि प्रधान मंत्रीले क्याबिनेट विस्तार गरेको हुन सक्ने आकलन गरिएको छ। सरकार छाडे पछि घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।