Aama Ghar

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा

Nepal UK

Nepal UK

Sun, 23 November 2025
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा

 
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस(युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अब अत्यन्त कठिन मोडमा पुगेको छ, अथवा सम्मान गुमाउने कि महत्त्वपूर्ण साझेदार गुमाउने जोखिम उठाउने भनेर चेतावनी दिएको एक दिनपछि ट्रम्पले यस्तो समयसीमा सार्वजनिक गरेका हुन ।
 शुक्रबार फक्स न्यूज रेडियो संग का गर्दै ट्रम्पले उक्त समयसीमा वार्तामा प्रगति भएमा मात्र लचक बनाउन सकिने बताए। उनले भने, ूमैले धेरै समयसीमा तय गरेको छु। तर कुरा राम्रोसँग अघि बढेमा समयसीमा बढ्न सक्छ। तर विहीबार ९ नोभेम्बर २७० हामीले उपयुक्त समय मानेका छौं ।

यससँगै ट्रम्पले जेलेन्स्कीलाई पाँच दिनभित्र निर्णय लिन दवाव दिएका छन् । ट्रम्पले चेतावनी दिदै भने, युक्रेनले आफ्नो भूभाग गुमाइरहेको छ र यसै गतिमा चले छिट्टै ने युद्ध हार्न सक्ने अवस्थामा पुग्नेछ ।

यसआंध अमेरिकी उपराष्ट्रपति जे डी भान्ससँग फोनवार्ता गरेपछि जेलेन्स्कीले एक्स मा पोस्ट गर्दै युक्रेन, अमेरिका र युरोपका राष्ट्रिय सुरक्षा सल्लाहकारहरु वीच सहकार्य गरेर शान्तिको वाटीलाई व्यवहारिक बनाउने सहमति भएको बताएका थिए । टेलिभिजनमार्फत् राष्ट्रलक्ष्यी सम्बोधन गर्दै उनले भनेका थिए
 ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शान्तिको व्यवहारिक मार्ग फेला परेको दावी गरे तर अन्तिम निर्णय जेलेन्स्कीले नै गर्नुपर्ने बताए । ट्रम्पले भने, हामीसँग शान्ति ल्याउने उपाय छ भन्ने विश्वास छ। तर, अन्त्यमा त्यसमा उनले हस्ताक्षर गर्नुपर्छ । उनीहरू केही नजिक पुगेका छन् जस्तो लाग्छ, तर म केही अनुमान लगाउन चाहन्न ।

ट्रम्पले अध्ययन गरी स्वीकृति दिएको २८ वुदे मस्यौदा योजना वाशिङ्टनको नवीनतम कूटनीतिक प्रयास मानिएको छ, जसले करिब तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्य लिएको छ । विशेषगरी रूसको पूर्ण कब्जामा नभएका क्षेत्रमा छुट दिनुपर्ने खालका प्रस्तावहरू युक्रेनले यसओघ अस्वीकार गर्दै आएको थियो ।

यता, रूमी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार भनेका छन् कि अमेरिकाको नयाँ प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग गरेको भेटमा छलफल भएको प्रस्तावके अद्यावधिक संस्करण जस्तो लागेको छ ।
 रूसिया टुडे का अनुसार पुटिनले सुरक्षा परिषद्लाई जानकारी दिदै भने, उनिहरूले केही समझौता गर्न आग्रह गरेका थिए। हामी त्यसबेला सहमत पनि भयो, तर युक्रेनले नस्वीकारेपछि अमेरिकाले प्रक्रिया रोकेको थियो ।

पुटिनका अनुसार रुसले अद्यावधिक २८ बुदे प्रस्तावको पाठ प्राप्त गरिसकेको छ। तर विस्तृत रूपमा अध्ययन गर्ने बाँकी छ। उनले थपे, ुयो प्रस्ताव न्तिम शान्ति समझदारीको आधार बन्न सक्छ भन्ने मेरो विश्वास छ।