Aama Ghar

अमेरिका र बेलायत पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने दुई जना पक्राउ

Nepal UK

Nepal UK

Tue, 13 January 2026
अमेरिका र बेलायत पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका र बेलायत पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काभ्रेपलान्चोकका रेशम लाल लामा तामाङ र काठमाडौंका निलिमा श्रेष्ठ रहेका छन्। 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी तामाङले १ जनालाई अमेरिका पठाइदिन्छु भन्दै ९ लाख र श्रेष्ठले बेलायत पठाइदिन्छु भन्दै १२लाख ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ।