Aama Ghar

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

Nepal UK

Nepal UK

Sun, 07 December 2025
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.४८ अकंले घटेर २६ सय ९ दशमलव ६९ को बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज आइतबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै सागर डिष्टिलरीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रप पावरको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।