Aama Ghar

आज राष्ट्रिय शोक दिवस : देशभर राष्ट्रिय झन्डा आधा झुकाइने

Nepal UK

Nepal UK

Wed, 17 September 2025
आज राष्ट्रिय शोक दिवस : देशभर राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौँ - जेनजी आन्दोलनका मृतकको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ । सरकारले यसअघि नै मृतकको सम्मानमा देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिसकेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । यस घटनाको विरोधमा भदौ २४ गते मुलुकभर थप प्रदर्शन भएको थियो । दुई दिनसम्म चलेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी कुल ७२ जनाले ज्यान गुमाएका थिए ।

आन्दोलनका क्रममा केही सरकारी तथा निजी संरचनामा आगजनी तथा तोडफोडसमेत भएको थियो । आजको शोक दिवसले आन्दोलनका क्रममा जीवन गुमाएका सबैप्रति राष्ट्रिय सम्मान व्यक्त गरेको छ।