British Khabar

British Khabar

News & Media

डायस्पोरा मध्ये बेलायतमा नेपालीको जनसंख्या बृद्धिसँगै नेपाली मिडियाको खाँचो बढन थालेको छ। त्यो खाँचो पुरा गर्न बिभिन्न व्यक्तिहरु मिडिया मार्फत प्रयास गरिरहेका छन । तरपनि त्यो पुरा हुन सकिरहेको छैन कि भन्ने हाम्रो बुझाई छ ।

बेलायतबासी र प्रवासमा रहेका नेपालीको दुःख–सुख, आँशु–हाँसोलाई समेट्न सक्ने नेपाली मिडियाको खाँचोलाई हामीले पुरा गर्ने प्रतिबद्धताका साथ अघि बढने निर्णय गरेका छौ । डायस्पोराका नेपाली समाजको जिम्मेवारीलाई आफ्नै जिम्मेवारी ठान्दै पत्रकारिता क्षेत्रमा व्यवसायी ढंगले हामी दह्रो पाइला टेक्न खोजेका छौ । आशा छ यो अभियानमा तपाईहरुको सहयोग साथ हामीले पाउने छौ । विशेष गरि बेलायतस्थित नेपाली समाजभित्रका प्रगति, उन्नतिका कुरालाई विश्वभर फैलाउने र विकृत तथा विसंगतिको खवरदारी गर्ने हाम्रो लक्ष्य छ । त्यस्तै, डायस्पोरामा हुने गलत कार्यलाई सच्याउन संभव भए सम्म समाजमा सचेतना फैल्याउने प्रयास गर्नेछौ । यसैका लागि व्यवसायिक संचारकर्मीको समूह मिलेर एउटा मिडियो खोल्नु पर्ने खाँचो हामीले महसुस गरेका छौ । त्यसका लागि हामीले आजदेखि एउटा अनलाईन पोर्टल सुरु गरेका छौं - ब्रिटिशखवर डटकम । यस ब्रिटिशखबरमा बेलायत र नेपालका साथै अमेरिकामा समेत रहेका पत्रकारितामा अनुभवी र उत्साही टीम आवद्ध रहेको जानकारी गराउँछौ ।

- ब्रिटिशखबरडटकम (britishkhabar@gmail.com)

Contact Info

Location

London

Services Offered

News Services

Editor/Publisher

Bipin Niraula

Phone Number

07908717730

Email

britishkhabar@gmail.com